गृहपृष्ठ महिला च्याम्पियन्स लिग : लियोनलाई लगातार पाँचौपटक उपाधि

महिला च्याम्पियन्स लिग : लियोनलाई लगातार पाँचौपटक उपाधि

महिला च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब लियोनले जितेको छ । लियोनले लगातार पाँचौपटक महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।

उपाधिका लागि लियोनले फाइनलमा जर्मन क्लब उल्फ्सवर्गलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । लियोनलाई जित दिलाउन युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक/एक गोल गरिन् । एलेक्स पोपले उल्फ्सवर्गका लागि सान्त्वना गोल फर्काइन् ।

लियोनले सर्वाधिक ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । लियोनले पछिल्ला ११ वर्षमा ९ पटक च्याम्पियन्स लिगको फाइनल खेल्दा ७ पटक उपाधि हासिल गरेको छ । उता, दुई पटकको विजेता उल्फ्सवर्गले पाँचौ पटकको फाइनल भिडन्तमा समेत लियोनलाई पराजित गर्न सकेन र

स्पेनिस क्लब रियल सोसिडाडको मैदानमा फाइनल खेल खेलाइएकाे थियो । कोरोनाका कारण खेल दर्शकविहीन स्टेडियमका सञ्चालन गरिएको थियो ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु