गृहपृष्ठ नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल आज
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल आज
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको पहिलो खेल नेपाली समयअनुसार आज बेलुकी पौने ५ बजे सुरु हुनेछ । खेल ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ ।
नेपालले अर्को खेल आउँदो मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । नेपाली टिमका केही खेलाडी भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन् । त्यस्तै चोटका कारण रोहित चन्दसमेत टोलीमा परेनन् । नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना संक्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् ।
नेपालले पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा बंगलादेशसँग खेलेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।
प्रकाशित समय १२:०८ बजे

















