गृहपृष्ठ ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य तीन दिनदेखि स्थिर
५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य तीन दिनदेखि स्थिर
बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ५ सय बढेको छ । आज छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबारको लागि तेजावी सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बुधबारयता स्थिर छ । आज पनि चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १२:२४ बजे

















