गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : नेयमारको ‘नायकत्व’मा पीएसजी बन्यो समूह विजेता
च्याम्पियन्स लिग फुटबल : नेयमारको ‘नायकत्व’मा पीएसजी बन्यो समूह विजेता
च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ईस्तानबुल बासाकेशिरलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । बुधबार भएको खेलमा पीएसजीको जितमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक पुरा गरे । पीएसजीका लागि थप दुई गोल केलियन एम्बाप्पेले आफ्नो नाममा दर्ता गराए ।
नेयमारले २१औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको १७ मिनेटपछि नेयमारले नै पीएसजीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्तिम समयमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलको स्थिति ३-० मा पर्याए । नेयमारले खेलको ५०औं गोल गर्दै ह्याट्रिक पुरा गरे । एम्बाप्पेले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
जितसँगै पीएसजी समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । म्यान्चेष्टर युनाइटेडलाई हराएर नकआउट चरणमा पुगेको जर्मन क्लब आरबी लाइपेजिग समूह उपविजेता बन्यो । समूह चरणका खेल सकिँदा शिर्ष स्थानको पीएसजी र लाइपेजिगले समान १२ अंक बटुलेका छन् । युनाइटेडको ९ अंक छ । ईस्तानबुल ३ अंकसहित पुछारमा रह्यो ।

प्रकाशित समय ११:३५ बजे

















