गृहपृष्ठ यूईएफए च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा
यूईएफए च्याम्पियन्स लिग : रियल मड्रिड अन्तिम १६ मा
जित्नैपर्ने दबाबमा रहेको रियल मड्रिडले खेलको नतिजा आफ्नो पक्षमा पार्दै यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २-० गोल अन्तरले पराजित गरेको हो । दुवै गोल करिम बेन्जिमाले गरे ।
खेलको नवौं मिनेटमा रियललाई अग्रता दिलाएका बेन्जिमाले ३१औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । लुका मोड्रिचको गोललाई रेफ्रीले मान्यता दिएन । रियल मड्रिड च्याम्पियन्स लिगका सबै संस्करणमा नकआउट चरण पुग्न सफल भएको छ । रियल १० अंकसहित समूह विजेताको रुपमा नकआउट चरण पुग्यो । ८ अंक जोडेको मोन्चेनग्लाडवाच पनि अन्तिम १६ मा प्रवेश गरेको छ ।

प्रकाशित समय १३:३३ बजे

















