गृहपृष्ठ नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले एक वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए ।
पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगायतले पनि मुख्य प्रशिक्षकमा अन्तर्वार्ता दिएका थिए । नियुक्त गरिएका वाटमोरको तलब भने मासिक १० हजार डलर आसपास हुने बताइएको छ । यस्तै क्यानको महाप्रवन्धकमा रौनक मल्ल र क्रिकेट म्यानेजरमा विनोद दास नियुक्त भएका छन् ।
प्रकाशित समय १७:५९ बजे

















