गृहपृष्ठ युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक

युभेन्ट्स कोपा इटालियाको उपाधिनजिक

चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मिलानलाई समग्रमा २-१ गोल अन्तरले पराजित गरेपछि युभेन्ट्स उपाधि होडमा पुगेको हो ।

लगातार दोस्रो सिजन कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । गत सिजनमा युभेन्ट्स नापोलीसँग फाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित भएको थियो ।

अब युभेन्ट्सले उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ । फाइनल खेल आगामी मे १९ मा हुनेछ ।

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स र इन्टरले गोलरहित बराबरी खेलेका थिए । तर, इन्टरको मैदानमा भएको पहिलो लेगमा निकालेको २-१ जितले युभेन्ट्स फाइनल प्रवेश गरेको हो ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु