गृहपृष्ठ क्लब विश्वकपको उपाधि बायर्नलाई

क्लब विश्वकपको उपाधि बायर्नलाई

जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ । कतारमा बिहीबार राति भएको फाइनलमा मेक्सिकन क्लब टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो । योसँगै बायर्नले पछिल्लो ९ महिनाभित्र ६ उपाधि जित्न सफल भएको छ ।

अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले खेलको ५९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यससँगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् ।

बायर्नले यस अघि बुन्डेसलिगा, जर्मन कप, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र जर्मन सुपर कप जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २-० गोल अन्तरले हराएको थियो ।

प्रकाशित समय ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु