गृहपृष्ठ शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बिमा योजना धेरैका लागि वरदान सावित भएको छ ।
विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतूले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बिमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो ।

बिमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बिमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन् । यो बिमालेख कार, जिप, मोटरसाइकल र स्कुटर जस्ता चार पाङ्ग्रे र दुई पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन् । अटो प्लस बिमा लेखको बिमा अवधि व्यापक सवारी साधन बिमाको अवधिको समान छ । नेपालमा दर्ता भएको मितिबाट १० वर्षभन्दा कम उमेरका सवारी साधनका लागि मात्र अटो प्लस बिमा पोलिसी खरीद गर्न सकिन्छ ।

जस्तो सवारी साधन क्षति भई पार्टपुर्जाहरु फेर्नुपर्ने अवस्थामा सर्भेयरको प्रतिवेदन वा क्षतिको मूल्यांकनअनुसार भएको ह्रासकट्टीको रकम मात्र कम्पनीले भुक्तानी दिन्छ । यस्तै, अटो प्लस बिमा गर्दा सवारी साधन पुनस्र्थापनाअन्तर्गत सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपल्ब्ध गराउँछ । यसैगरी, यो पोलिसीमा बिमितले तेस्रो सुविधाका रुपमा दैनिक सवारी भाडा÷यातायात खर्चसमेत पाउनेछन् ।

जसमा आफ्नो सवारी साधन पूर्ण क्षति वा चोरी भएको छ भने अधिकतम ३० दिनसम्म र आंशिक क्षति भएको अवस्थामा अधिकतम १४ दिनसम्मको यातायात भाडा खर्च कम्पनीले उपलब्ध गराउँछ । यद्यपी, यसरी भुक्तानी हुने दैनिक भाडा दर दुई र चारपाङ्ग्रे सवारीका लागि फरक हुन्छ । भाडादर पनि सवारी साधनको मूल्यअनुसार फरक हुन्छ ।

‘अटो प्लस’ बिमालेखमा बिमितले प्रत्येक लाभका लागि ०.१० प्रतिशतदेखि ०.५१ प्रतिशतसम्मको बिमा शुल्क भुक्तानी गर्नुपर्छ । ‘अटो प्लस’ मात्र नभई बिगत १७ वर्षदेखि निर्जीवन बिमाको क्षेत्रमा रोल मोडलको रुपमा प्रभुत्व जमाउन सफल शिखर इन्स्योरेन्सले नेपालमा नयाँ बिमा पोलिसीहरु भित्र्याउने गरेको छ ।

अटो प्लस बिमा कार्यक्रम पनि नेपालमा शिखर इन्स्योरेन्सले भर्खरै सुरु गरेको नयाँ बिमा पोलिसी हो । हाल अटो प्लससँगै शिखर इन्स्योरेन्सका २२ भन्दा बढी बीमा योजनाहरु संचालनमा रहेका छन् ।

 

प्रकाशित समय ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु