गृहपृष्ठ सेयर बाँडफाँड, २७ हजारले पाए १०
सेयर बाँडफाँड, २७ हजारले पाए १०
काठमाडौं । आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
कुल १ लाख ८६ हजार ३८ जना आवेदकले १ करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि आवेदन दिएका थिए । २६ करोड १४ हजार ८८० कित्ता सेयर खरिदका लागि २६ करोड १४ लाख ८८ हजार बराबरको ४३ हजार ४५६ वटा आवेदन मेरो सेयर मार्फत प्राप्त भएको छ । ३८५ वटा रद्ध भएका डिम्याट खाता एक भन्दा बढी प्रयोग गरी आवेदन दिएका थिए । यसमा ४३।८३ प्रतिशत बढी आवेदन परेको छ ।
सेन्ट्रलाइज्ड आस्वा अर्थात सी आस्वा प्रणाली सुरु भएपछि निष्काशन बन्द भएको छाटो अवधिमै सेयर बाँडफाँड भएको हो । कम्पनीको गत सोमबार अर्थात फागुन २१ गते
को निष्काशन बन्द भएको थियो ।
प्रकाशित समय २०:५९ बजे