गृहपृष्ठ ९० वर्षको उमेरमा इन्द्रबहादुर राईको निधन

९० वर्षको उमेरमा इन्द्रबहादुर राईको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । भारतको दार्जिलिङस्थित निवासमा हिजो साँझ हृदयाघातका कारण उहाँको निधन भएको हो । तेस्रो आयाम र लीला लेखनका प्रणेता इन्द्रबहादुर राईको जन्म सन् १९२७ को फ्रेब्रअरी ३ का दिन खरसाङको बालासन खोला नजिकै भएको थियो । राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पु¥याउनु भएको छ । केही वर्षयता राईले स्वास्थ्यका विविध समस्या खेपिरहनु भएको थियो । लीला लेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राईको ‘विपना कतिपय’, ‘आज रमिता छ’, ‘कठपुतलीको मन’ लगायतका सिर्जना प्रकाशित छन् । नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा पनि उहाँको योगदान थियो । २०७२ सालमा राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधीले समेत सम्मान गरेको थियो । राईको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको छ । राईको भोलि दार्जिलिङमा अन्त्येष्टि गरिने बताइएको छ ।

प्रकाशित समय २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु