गृहपृष्ठ जावलाखेललाई हराउँदै झापा–११ सेमिफाइनलमा
जावलाखेललाई हराउँदै झापा–११ सेमिफाइनलमा
रमपम झापाका जर्सी न. १५का खेलाडी पुुजन उपरकोटीले प्रहार गरेको बल जावलाखेल टिमको जाली चुम्दै ।
रमपम झापा–११ लालबन्दी गोल्डकपको सेमिफाइनलमा प्रवबेश गरेको छ । प्रदेश २ कै ठूलो पुरस्कार राशि भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा रमपम झापा–११ले रोयल टिजर जावलाखेललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको २ मिनेटमै पहिलो गोल गरेको रोयल टिजर जावलाखेलको अग्रता धेरै बेर टिक्न सकेन । जावलाखेलका लागि पहिलो गोल तीर्थ बस्नेतले गरे ।
पहिलो हाफको ३४औँ मिनेटमा झापा–११ का पुष्प मादेनले गोल गर्दै खेललाई बराबरीको स्थितिमा पु¥याए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ३६औँ मिनेटमा झापा–११ का पुुजन उपरकोटीले गरेको गोल नै निर्णयक बन्यो ।
झापा–११ का हेमन्त थापा मगरले डि बक्सनजिकै बाट प्रहार गरेको फ्री किकलाई उपरकोटीले गोलपोस्टको दिशा दिएका हुन् । बिहीबारको उद्घाटन खेलमा घरेलु टोली सर्लाही–११ लाई हराएको जावलाखेल शनिबारको हारसँगै खेलबाट बाहिरिएको छ ।
लालबन्दी गोल्डकप शनिबारको खेलको म्यान अफ द म्याच झापा–११ का क्याप्टेन देवेन्द्र तामाङ घोषित भएका छन् । यसैबीच, आजकाको खेल सशस्त्र प्रहरी एपीएफ र विजय युथ क्लब हेटौंडाबीच हुने आयोजक समितिका सरोजबाबु न्यौपानेले जानकारी दिए ।
प्रकाशित समय ०८:३७ बजे

















