गृहपृष्ठ लिटल मिस हेरिटेज नेपालको आयोजना
लिटल मिस हेरिटेज नेपालको आयोजना
जेनिथ इन्टरटेनमेन्टद्वारा इप्लानेट प्रालिको सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना हुने भएको छ । पहिलो संस्करणको अडिसनमा उपस्थित ३९ जना प्रतिस्पर्धी सहभागी भएको अडिसनमा १५ जना चुनिन सफल भएका छन् ।
फेसन कोरियोग्राफर रोजिन शाक्यका साथ मिस हेरिटेज नेपाल २०१५ मिस निशा पाठकले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अडिसनमा सोचेभन्दा बढीले सहभागिता जनाएको आयोजक जेनिथ इन्टरटेनमेन्टका विक्रम सिंह मैनालीले बताए ।
लिटल मिस हेरिटेज नेपाल २०१८ को विजेताले नेपालको प्रतिनिधित्व गरी अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता, वर्ल्ड किड्स फेस्टिवल २०१८ मा सहभागिता जनाउन पाउनेछ । प्रतियोगिता अगस्ट २ देखि ६ तारिखसम्म फिलिपिन्समा हुनेछ ।
इभेन्टका कोरियोग्राफी निशा पाठकले गर्नेछिन् भने लिटल मिस हेरिटेज विजेतालाई कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धित अभिमुखिकरण र प्रशिक्षण दिइने आयोजकले जानाएका छन् । सहभागीहरूको उच्च चासो रहेका कारण असार २ गते शनिबार ‘द ग्रीन क्याफे’ तीनकुनेमा दोस्रो अडिसन राखिएको छ ।
प्रकाशित समय ०८:२९ बजे

















