गृहपृष्ठ क्रोएसियाकी ‘हट राष्ट्रपति’ उफ्रँदै गर्दा रुसी प्रधानमन्त्री किन निराश ?

क्रोएसियाकी ‘हट राष्ट्रपति’ उफ्रँदै गर्दा रुसी प्रधानमन्त्री किन निराश ?

विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डसँग भिँड्दै गर्दा क्रोयशियाली टिमले ‘विकीनी राष्ट्रपति’ कोलिन्दा ग्रैबर कित्रोविकको हुटिङ पाइरहेको थियो । पहिरनका कारण बेला–बेला चर्चामा आउने उनी यसपटक पनि चर्चामा आइन् । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनल उनले प्रत्यक्ष हेरिन् र आफ्नो मुलुकको टोलीलाई हुटिङ गरेर साथ दिइन् । उनी क्रोयशियाको जर्सी लगाएर खेल हेर्न पुगेकी थिइन् ।

झट्ट हेर्दा कुनै मोडेलजस्तो देखिने उनी खासगरी पहिरनका कारणले चर्चामा आउने गरेकी छन् । त्यसो त उनको मुस्कान पनि कम छैन चर्चाका लागि । संसारका ठूल्ठूला नेतादेखि कलाकार र खेलाडीले मुन्द मुस्कानसहित बोल्ने उनको शैलीको तारिफ गरेका छन् ।

राष्ट्रपतिलाई प्रत्यक्ष दर्शकका रुपमा पाएको क्रोयशियाले पहिलो पटक आफूलाई फाइनलमा पुर्यायो । यसको खुसीमा राष्ट्रपति कोलिन्दा उफ्री–उफ्री नाचिन् । दर्शक र खेलाडीसँगै नाचिन् । अर्को चाखलाग्दो कुरा के भने, उनी उफ्रँदै गर्दा रुसका प्रधानमन्त्री दिमीत्री मेदभेदेव उदाश अनुहारले कोलिन्दालाई हेरिरहेका थिए ।

स्मरणी छ, क्रोयशिया रुसबाटै टुक्रिएर बनेको मुलुक हो र उसले रुसी मैदानमा आफूले पहिलो पटक विश्वकपको उपाधि नजिक पुर्याएको छ । रुस यसअघि नै क्वाटरफाइनलबाट बाहिरिसकेको छ ।

को हुन् कोलिन्दा ?
कोलिन्दा, क्रोयशियाकी पहिली महिला राष्ट्रपति हुन् । उनी यो पदमा १९ फेब्रुअरीमा चुनिएकी थिईन् । ४७ वर्षीया राष्ट्रपतिको विवाह १९९६ मा जैकव क्रित्रोविकसँग भयो र उनको दुई बच्चा पनि छन् ।
राष्ट्रपति बन्नुभन्दा पहिला कोलिन्दा नाटोमा सहायक सचिवको पदमा काम गरिरहेकी थिइन् । नाटोमा उक्त पदमा काम गर्ने उनी पहिलो महिला थिइन् । २००५ देखि २००८ सम्म उनी क्रोएशियाको विदेशमन्त्री पनि बनेकी थिइन् ।

तर क्रोएशियाली जनता उनलाई सबैभन्दा हट र ग्ल्यामरस राष्ट्रपति मान्दछन् । संसारमा कैयौं देशमा उनको यस्तै छवि छ ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु