गृहपृष्ठ नेपाल सेन्ट क्रससँग १९ रनले पराजित

नेपाल सेन्ट क्रससँग १९ रनले पराजित

युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पराजित भएको छ । इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससँग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको हो ।

१ सय ६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनायो । नेपालका लागि अनिलकुमार शाहले ५६ रन र आरिफ शेखले ३४ रन बनाएर पनि जित दिलाउन सकेनन् ।

त्यस्तै ज्ञानेन्द्र मल्लले १८, सोमपाल कामीले १६ र सुवास खकुरेलले १० रन बनाए । शरद भेषवाकर शुन्य र दीपेन्द्रसिहं ऐरी ३ र रोहितकुमार पौडेल १ रनमा आउट भए । एसटी क्रसका लागि फेलिक्स ओर्गनले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्रसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो । नेपाल कप्तान पारस खड्काबिना खेलमा उत्रिएको थियो । यसअघि नेपालले ह्यामसायर होग्सलाई २ सय ४३ रनले हराएको थियो ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु