गृहपृष्ठ आमाको आग्रहपछि डा. केसीले गरे स्वास्थ्य परीक्षण

आमाको आग्रहपछि डा. केसीले गरे स्वास्थ्य परीक्षण

डा. केसीलाई जतिबेला जे पनि हुन सक्छ !

अनशनरत डा. गोविन्द केसीले स्वास्थ्य परीक्षण गराएका छन् । ८० वर्षीय आमा मित्रकुमारी केसीको आग्रहमा अनशन बसेको २४ औं दिनमा डा. केसीले स्वास्थ्य परीक्षण गराएका हुन् । जुम्लाबाट जबर्जस्त ल्याएको र आफ्ना समर्थकमाथी सरकारले दमन गरेको भन्दै डा. केसीले उपचार गर्न मानेका थिएनन् ।
उनको रगतको रिपोर्टमा गतका प्यारामिटरहरु असामान्य रहेको उपचारमा संलग्न डा.दिव्यासिंह शाहले बताइन् । सेतो रक्तकोशिकाको संख्या न्यून देखिएको छ । उनका अनुसार डा. केसीलाई जतिबेला जे पनि हुन सक्छ ।
डा. केसी अनशन बसेको आज २५ औं दिन पुगेको छ । तर वार्ता हुन सकेको छैन । सरकार र डा. केसी आ–आफ्नै अडानमा रहँदा वार्ता हुन नसकेको हो ।

प्रकाशित समय ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु