गृहपृष्ठ घान्द्रुकको सांस्कृतिक विकासका लागि पोखरामा भलिबल प्रतियोगिता

घान्द्रुकको सांस्कृतिक विकासका लागि पोखरामा भलिबल प्रतियोगिता

volleyball-newskarobar

 

कास्कीको पर्यटकीय गाँउ घान्द्रुकको सामाजिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले पोखरामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ । घान्द्रुकमा हुनुपर्ने प्रतियोगिता बर्खायाम भएकाले पोखरामा गर्न लागिएको मंगलबार आयोजना पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

युवालाई एक जुट गराई घान्द्रुकको सामाजिक-सांस्कृतिक क्रियाकलाप बढाउन कोष खडा गर्ने तथा पदयात्रा उद्धार टोली निर्माण गर्ने उद्देश्यले क्लब स्तरीय पुरुष, महिला र भेट्रान्स प्रतियोगिता सञ्चालन गर्न लागिएको लामा अमृत फाउन्डेसनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए ।

क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा डाँफे क्लब मेलाचेविरुद्ध पोखरा भलिबल ट्रेनिङ ‘ए’ बीच प्रतिस्प्रर्धा हुनेछ । प्रतियोगितमा विजेता टिमले ५० हजार र उपविजेता टिमले नगद ३० हजारका साथमा सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गनेछन् ।

महिलातर्फ ६ र भेट्रान्सतर्फ ७ टिम सहभागी हुनेछन् । महिलातर्फको विजेता टिमले २२ हजार २ सय २२ र उपविजेताले १५ हजार ५ सय ५५ रुपैयाँ तथा भेट्रान्सतर्फको विजेता टिमले १५ हजार र उपविजेता टिमले १० हजार नगद पुरस्कार पाउनेछन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भदौ १५ देखि सुरु हुने प्रतियोगिता १८ गतेसम्म पोखराको नदिपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता अवधिभर विभिन्न मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु