गृहपृष्ठ ला लिगामा रियल मड्रिड विजयी
ला लिगामा रियल मड्रिड विजयी
स्पेनिस ला लिगामा रियल मड्रिडलले लेगानेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा लेगानेसलाई ४–१ ले पराजित गर्दै रियलले विजयी यात्रा कायम राखेको छ ।
रियलका लागि करिम बेन्जिमाले दुई, ग्यारेथ बेलले एक र सर्जियो रामोसले पेनाल्टी गोल गर्दै टिमलाई जित दिलाए । लेगानेसका लागि कारीलोले पेनाल्टी गोल गरेका हुन् ।
प्रकाशित समय ०९:१७ बजे

















