गृहपृष्ठ पिएसजीको अपराजित यात्रा कायमै, नेइमार र एमबाप्पे बिना शानदार जित

पिएसजीको अपराजित यात्रा कायमै, नेइमार र एमबाप्पे बिना शानदार जित

फ्रेन्च लिग वानमा पिएसजीले अपराजित यात्रा कायम राखेको छ । गएराति भएको खेलमा सेन्ट–इटियनलाई ४–० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

स्टार खेलाडी नेइमार र एमबाप्पे बिना मैदान उत्रिएको पिएसजीले शानदार जित हात पारेको हो । पिएसजीका लागि ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरेका थिए ।

अघिल्लो खेलमा रातो कार्ड पाएका कारण एमबाप्पले यो खेल गुमाएका हुन् भन नेइमारलाई आराम दिएको थियो । एमबाप्पे र नेइमार बिना पनि पिएसजीले शानदार जित निकालेको हो ।

प्रकाशित समय १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु