गृहपृष्ठ लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा साउथ ह्याम्पटनलाई ३–० ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि जोएल माटिप र मोहोमद सालाहले एक–एक गोल गरे । एक गोल भने उपहार पाएकबो थियो । साउथ ह्याम्पटनका वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए ।

त्यस्तै, अन्य खेलमा टोटनह्याम हट्सपरले ब्राईटनलाई २–१ ले पराजित ग¥यो । म्यान्चेस्टर युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरीमा रोक्दा म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० ले स्तब्ध बनायो ।

त्यस्तै, लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३–१ ले पराजित गर्दा बर्नलेले बर्नमाउथमाथि ४–० को जित हात पा¥यो । क्रिष्टल प्यालेस र न्यूकासल फुल्हम र वाट्फोर्डले बराबरी खेले ।

प्रकाशित समय ०८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु