गृहपृष्ठ इरानमा सैन्य कवाजमा आक्रमण, २५ जनाको मृत्यु
इरानमा सैन्य कवाजमा आक्रमण, २५ जनाको मृत्यु
इरानमा सैन्य कवाजमा एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २५ पुगेकोे छ । सैन्य परेड भइरहेको स्थलमा आतंकवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला र बालबालिकासमेतको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मृत्यु हुनेमा दुई जना लडाकू समूहका रहेका छन् । घटनामा ५३ जना घाइते भएका बताइएको छ । आक्रमणकारीले मञ्चमा रहेका सैन्य अधिकारीहरुलाई निशाना बनाएका थिए ।
प्रकाशित समय ०८:२८ बजे

















