गृहपृष्ठ स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप आजदेखि

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप आजदेखि

ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने योजना

स्याङ्जामा आजदेखि प्याराग्लाइडिङ विश्वकप हुदैछ ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ विश्वकप हुन लागेको हो । विश्वकप स्वरेक महापुर मैदान र डौंवाफाँटमा कार्तिक १८ गतेसम्म सञ्चालन हुनेछ ।

स्याङजालाई प्याराग्लाइडिङको हवका रुपमा विकास गर्न विश्वकप प्याराग्लाइडिङ गरिएको आयोजकको भनाइ छ । यसका साथै ट्रेनिङ सेन्टरको रुपमा समेत विकास गर्न यो प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा समुद्र सतहदेखि १६०० मिटरको मिटरबाट जम्प गर्ने बताइएको छ भने ८ सय मिटरमा ल्याण्ड गरिने छ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, टर्की, कोरिया, चीन, यूएई, सिंगापुर, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, पाकिस्तान, भारत, इरान, लगायत देशका १ सय जना भन्दा बढी खेलाडिले सहभागिता जनाउने बताइएको छ ।

पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह बनाइएको छ भने प्रत्येक समूह र व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नेछन् । सोही आधारमा विजेता, उपविजेता र तेस्रोको टुंगो लगाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी टिमले १५ सय युरो पाउनेछन् भने दोस्रो र तेस्रो ले क्रमश १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् । व्यक्तिगत तर्फ विजेताले १ हजार युरो, दोस्र्रो हुनेले ७५० र तेस्रो हुनेले ५ सय युरो प्राप्त गर्नेछन् ।

स्याङजाका स्थानिय निकाय देखि विभिन्न संस्था उत्साहित भएको महोत्सव सचिवालय प्रमुख अनन्त कुमार श्रेष्ठले बताए । प्राविधिक, रेस्क्यू टिम, एम्बुलेन्स, हेलिकोप्टरको समेत व्यवस्था गरिएको छ ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु