गृहपृष्ठ साफ यु–१५ को तेस्रो स्थानका लागि नेपाल र भारत भिड्ने

साफ यु–१५ को तेस्रो स्थानका लागि नेपाल र भारत भिड्ने

साफ यु–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपालले आज दिउँसो भारतको सामना गर्दैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा खेल हुनेछ । नेपाल सेमिफाइनलमा बिहीबार पाकिस्तानसँग ४–० गोलले पराजित भएको थियो भने भारत पनि बंगलादेशसँग पराजित भएको थियो । समूह चरणको पहिलो नेपालले माल्दिभ्सविरुद्ध ४–० को जित निकाले थियो । दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।

पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भूटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो ।

प्रकाशित समय १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु