गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुदका लागि मोरङबाट खेलाडी छनोट

आठौं राष्ट्रिय खेलकुदका लागि मोरङबाट खेलाडी छनोट

kheladi-chanot-newskarobar

मोरङबाट आठौं राष्ट्रिय खेलकुदका लागि बक्सिङ, कराँते, भारोत्तोलन र बास्केटबलका खेलाडी छनोट भएका छन् । बास्केटबलतर्पm विवेक बस्नेत, निश्चल दुलाल, मुकेश यादव, त्रिलोक बास्तोला, वर्दानकुमार साह, दिपेश कटुवाल, नमन यादव, पार्षद भट्टराई, गजराज लिम्बू, संछिप लिम्बू, राजेश खनाल र सोल कार्की छनोट भएका छन् ।

कराते पुरुषतर्फ ५० केजीमा महेश यादव, ५५ केजीमा विवेक थापा, ६० केजीमा किशोर कोइराला, ६७ केजीमा रोजन खड्का, ७५ केजीमा सलबहादुर गुरुङ, ८४ केजीमा ईश्वर माझी र ८४ केजी माथि सागर राउत छनोट भए । महिलतर्फ ४५ केजीमा अन्जना मगर, ५० केजीमा ज्योतीकुमारी महतो, ५८ केजीमा स्वसतिका राई, ६१ केजीमा प्रतिमा रजत, ६८ केजीमा रोजिला लिम्बू र ६८ केजीमाथिमा कृति दुलाल छनोट भएका छन् ।

त्यसैगरी, कराँतेको काँता पुरुष एकलतर्फ विनय लिम्बू र पुरुष समूहमा साहिल राई, निशान मगर र सपुत मगर छनोट भए भने महिला काँता एकलतर्फ स्वस्तिका राई र समूहमा अन्जना मगर, आर्सी कार्की र सिम्रन राई छनोट भएका छन् । शनिबारै भएको भारोत्तोलनतर्फ अजित राजवंशी, अरुण राजवंशी, पियुष राजवंशी, कप्तेश्वर राजवंशी र अर्जुनदेव राजवंशी छनोट भएका छन् ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु