गृहपृष्ठ पोखरा एकेडेमीलाई यू–१९ महिला ह्यान्डबल प्रतियोगिताको उपाधि
पोखरा एकेडेमीलाई यू–१९ महिला ह्यान्डबल प्रतियोगिताको उपाधि
पोखरा एकेडेमीले प्रथम हङकङ ब्युटी यू–१९ महिला ह्यान्डबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा रहेको ह्यान्डबल एकेडेमीको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा एकेडेमीले न्यु ग्यालेक्सी स्कुललाई ८–३ को गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । विजेता पोखरा एकेडेमीले नगद १० हजार पाएको छ भने उपविजेता बनेको न्यु ग्यालेक्सीले भने पाँच हजार पाएको छ ।
प्रतियोगितामा पोखरा एकेडेमीकी दिप्ती गुरुङले पाँच गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि हात पार्दा न्यु ग्यालेक्सिकी सिमा गर्बुजा उत्कृष्ट खेलाडी घोषित भइन् । विजयी खेलाडीलाई नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङ, सल्लाहकार रामबहादुर गुरुङ, संघका जिल्ला अध्यक्ष क्या. जगबहादुर गुरुङ, सचिव टेकबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा ६ टिमको सहभागिता थियो ।
प्रकाशित समय ११:५५ बजे
















