गृहपृष्ठ ईपीएल : भैरहवा ग्लाडियटर्सले पोखरालाई हरायो
ईपीएल : भैरहवा ग्लाडियटर्सले पोखरालाई हरायो
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार भएको खेलमा भैरहवा ग्लाडियटर्स विजयी भएको छ । पोखरालाई ४ विकेटले पराजित गर्दै भैरहवा विजयी भएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा २१५ रन बनाएको थियो ।
२१६ रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको भैरहवाले २ बल बाँकी छँदै ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।
प्रकाशित समय १६:५५ बजे

















