गृहपृष्ठ इपिएल टि–२० क्रिकेट : काठमाडौँ किङ्स–११ प्लेअफमा

इपिएल टि–२० क्रिकेट : काठमाडौँ किङ्स–११ प्लेअफमा

EPL-logo-newskarobar

काठमाडौँ किङ्स–११ तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इिपिएल) टी–२० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित गर्दै काठमाडौंले प्ले अफमा स्थान बनाएको हो ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौँले पाँच बल बाँकी छँदा तीन विकेट गुमाएर पूरा गर्यो । काठमाडौँको जितमा अमित श्रेष्ठले ५१ रन बनाए । त्यस्तै केभिन ओब्राएन रनमा ३३ अविजित रहे । यस्तै कप्तान रोहन मुस्तफाले ३६ र सागर पुनले १३ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले ८६ रनको योगदान गरे । कप्तान भेषावकरले ३९ रन, रायन टेन डोसकाटेले १२ रन जोडे ।

काठमाडौँका जितेन्द्र सिंह मुखियाले दुई, प्रदीप साहु र केभिन ओ ब्रायनले एक एक विकेट लिएका थिए । जितसँगै काठमाडौं एक खेल बाँकी छँदै ६ अंक जोडेर प्ले अफमा पुगेको छ । पराजित भैरहवा यसअघि नै तीन खेल जित्दै प्ले अफमा पुगिसकेको छ ।

प्रकाशित समय १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु