गृहपृष्ठ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता : एपिएफको विजयी सुरुवात
राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता : एपिएफको विजयी सुरुवात
पोखरामा आइतबारदेखि आर.बि.बि.-एन.भि.ए. राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले विजयी सुरुवात गरेको छ ।
एपिएफले काठमाण्डौंको नयाँबजार युवा क्लबलाई २५-२२, २५-११ र २५-१० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
त्यसै आइतबार लिग चरणका तीन खेल सम्पन्न भएका छन् । आइतबार भएको खेलमा नेपाल पुलिस, हेल्प नेपाल स्पोटर्स क्लव-काठमाण्डौं र त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छन् । पुलिसले मणिमुकुन्द भलिबल क्लव – बुटवल, रुपन्देहीलाई २५-२०, २५-१२ र २५-२१ को सोझो सेटमा पराजित गर्दा अर्को खेलमा हेल्प नेपालले, ढोरपाटन स्पोटर्स क्लब, काठमाण्डौंलाई २५-१८, १७-२५, २७-२५, र २५-१४ को सेटमा पराजित गर्यो ।
आइतबारको अर्को खेलमा आर्मीले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टर, काठमाण्डौंलाई २५-१९, २५-१५ र २५-११ को सोझो सेटमा पराजित गर्यो । सोमबार लिग चरणका ५ खेल हुने अफिसियल तथा राष्ट्रिय रेफ्रि गोपाल थापाले बताए । खेल बिहान ८ बजेदेखि सुरु हुनेछ ।
प्रकाशित समय १८:५३ बजे

















