गृहपृष्ठ बेन्जेमाको दुई गोलको मद्दतमा रियाल कोपा डेल रेको सेमिफाइनलमा

बेन्जेमाको दुई गोलको मद्दतमा रियाल कोपा डेल रेको सेमिफाइनलमा

करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दै कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले जिरोनालाई समग्रमा ७–३ को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो भने गएराति भएको खेलमा रियलले तीन गोल गरेको थियो । २७औं र ४३औं मिनेटमा करिम बेन्जेमाको गोल गरेका थिए । ७१औं मिनेटमा जिरोनाका युवा खेलाडी पेड्रो पोर्राेले गोल गर्दै खेललाई २–१ मा ल्याए पनि ७६औं मिनेटमा मार्काेस लोरेन्टेले ड्यानियल सेवालेसको पासलाई सदुपयोग गर्दै रियललाई ३–१ को जित दिलाए ।

यससँगै कोपा डेल रेको सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ । रियलले अब रियल बेटिससँग खेल्नेछ भने अर्काे सेमिफाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, फ्रेन्च फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल मड्रिडको छैटौ सर्वाधिक गोलकर्ता बनेका छन् । स्पेनिस कोपा डेल रे अन्तरगत बिहीबारको खेलमा जिरोनाविरुद्ध २ गोल गरेसँगै बेन्जेमा २०९ गोल गर्दै रियलको छैटौं सर्वाधिक गोलकर्ता बनेका हुन् ।

बेन्जेमा सन् २००९ देखि रियलमा आबद्ध रहेका छन् । बेन्जेमा भन्दा अघि क्रिस्टियानो रोनाल्डो (४५१), राहुल (३२३), डि स्टेफानो (३०७), सान्टिललाना (२८८) र पुस्कास (२३७) रहेका छन् ।

प्रकाशित समय ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु