गृहपृष्ठ तिलोत्तमा गोल्डकप फागुन २ बाट, विजेतालाई ८ लाख ८८ हजार
तिलोत्तमा गोल्डकप फागुन २ बाट, विजेतालाई ८ लाख ८८ हजार
तिलोत्तमा गोल्डकप फागुन २ गतेबाट सुरु हुने भएको छ । तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरेको तिलोत्तमा गोल्डकपको यो २१औं संस्करण हो । प्रतियोगितामा ए डिभिजनका सात र तीन विभागीयसहित १० टिमको सहभागिता रहने शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु गरे पनि ४२ वर्षको अवधिमा तिलोत्तमा गोल्डकप बल्ल २०औं संस्करणमा आइपुगेको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता १९ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । पछिल्ला केही वर्षयता भने प्रतियोगिता निरन्तर हुँदै आएको छ ।
एन्फा टेक्निकल खेलमैदानमा फागुन २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकको सहजतका लागि चार हजार क्षमताको अस्थायी प्याराफिट निर्माण सुरु गरिएको रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए । यसपटकको विजेताले ८ लाख ८८ हजार रुपैयाँ नगदसहित कप पाउनेछ भने उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक र रेफ्रीले २५/२५ हजार नगद प्रदान गरिनेछ ।
प्रकाशित समय १७:०५ बजे

















