गृहपृष्ठ हिरो महिला गोल्डकपको उपाधिका लागि नेपाल आज म्यानमारसँग भिड्दै

हिरो महिला गोल्डकपको उपाधिका लागि नेपाल आज म्यानमारसँग भिड्दै

हिरो महिला गोल्डकप फुटबलको उपाधिका आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुकी ६ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

म्यानमार शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहंदै फाइनलमा पुगेका हुन् । राउण्ड रोविन लिगमा तीन खेलमा तीनै खेल जितेको म्यानमारको ९ अंक र तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा पराजित नेपाल ६ अंक जोड्दै फाइनलमा स्थान बनाएको थियो । आयोजक भारत र इरानभने लिग राउण्डबाटै बाहिरिएको थियो ।

नेपालले लिग अन्तर्गतको खेलमा म्यानमारसँग ३–० गोलको हार ब्यहोरेको थियो ।

प्रकाशित समय ०९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु