गृहपृष्ठ टप्सलाई विद्यालयस्तरीय टी–२० क्रिकेटको उपाधि

टप्सलाई विद्यालयस्तरीय टी–२० क्रिकेटको उपाधि

नेप्लिज इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० को उपाधि टप्स माविले जितेको छ । पोखरा रंगशालामा आइतबार भएको फाइनलमा प्रतिभालाई १७ रनले हराउँदै टप्सले उपाघि उचालेको हो ।

टप्सका मेखबहादुर सेनले नटआउट ८८ रन बनाए । उनले ६६ बल खेल्ने क्रममा आठ चौका र ३ छक्का हिर्काएका थिए । उनी बाहेक अन्य व्याट्सम्यानले भने दोहोरो अंकको स्कोर बनाउन चुके । टप्सले २० ओभरमा ११० रनको स्कोर तयार पारेको थियो । अन्जन केसीले ३ विकेट लिए भने रोशन न्यौपानले २ विकेट लिन सफल भए ।

१११ रनको लक्ष्य पच्छ्याएको प्रतिभाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै केबल ९३ रन मात्रै बनाउन सक्यो । जगदिश घिमिरेले १६, सविन पराजुलीले ११ र सफल केसीले १० रन जोडे । बलिङ तर्फ टप्सका कप्तान समेत रहेको यु–१६ का पूर्वराष्ट्रिय खेलाडी मेखबहादुर सेन, आशोक मगर र सुजन गुरुङले २÷२ विकेट लिएका थिए ।

विजेताले २५ र उपविजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित समय ०८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु