गृहपृष्ठ ढुंगा, गिटी, बालुवाको तस्करीमा हाम्रै नयाँ ‘डन’ : मुख्यमन्त्री गुरुङ

ढुंगा, गिटी, बालुवाको तस्करीमा हाम्रै नयाँ ‘डन’ : मुख्यमन्त्री गुरुङ

prithivi_subba_gurung-newskarobar

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले ढुंगा, गिटी, वालुवा उत्खननमा पार्टीका कार्यकर्ता नयाँ डनको रुपमा आएको बताएका छन् ।

आइतबार पोखरामा आयोजना भएको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री गुरुङले स्थानीय निकायमा हाल जथभावी रुपमा नयाँ डनको रुपमा पार्टीकै कार्यकर्ताले प्राकृतिक स्रोत ढुंगा, गिटी, वालुवा उत्खनन् गरेको बताएका हुन् ।

धेरै स्थानीय निकायमा जथभावी रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन् भएकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले पहिला घोषित डनहरु भए पनि हाल कम्युनिष्ट र कांग्रेसका कार्यकर्ताहरु नयाँ डनको रुपमा आएको बताए । केही स्थानीय तहमा कार्यकर्ता डनलाई पोत्साहन गरेको प्रहरीबाट सूचना प्राप्त भएको उनले बताएका थिए ।

गुरुङले स्थानीय निकायमा जथभावी रुपमा ढुंगा, गिटी, बालुवाको दोहन रोक्न निर्देशनसमेत दिएका छन् ।

प्रकाशित समय ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु