गृहपृष्ठ आईसीसी टी–२० महिला क्रिकेट : नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० महिला क्रिकेट : नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको लागि नेपाली टोली थाइल्याण्ड पुगेको छ । बैंककस्थित टेडथाइ क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार बिहान ८ः४५ बजे बजे सुरु हुनेछ ।

नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले तयारी राम्रो रहेको बताइन् । ६ टोली सहभागि छनोटको दोस्रो खेल नेपालले फागुन ९ गते थाइल्यान्डसँग फागुन १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविनका आधारमा हुने छनोटको शीर्ष स्थानमा रहने टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

प्रकाशित समय ०८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु