गृहपृष्ठ आर्सनल युरोपा लिगको अन्तिम १६ मा

आर्सनल युरोपा लिगको अन्तिम १६ मा

बाटे बोरीसोभलाई हराउँदै आर्सनल यूईएफए युरोपा लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा बोरीसोभलाई तीन–शून्यले पराजित गर्दै आर्सनलले समग्रमा तीन–एकको जितका साथ अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो लेगमा एक–शून्यले पछि रहेको आर्सनलले घरेलु मैदानमा तीन–शून्यको रवाफिलो जित निकाल्न सक्यो ।

इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चौथो मिनेटमै उपहार गोल पायो । पिएरी इमेरिकको प्रहार बाटेका डिफेन्डर जाखार भोल्कोभसँग डिफेक्ट भएपछि उपहार गोल भएको थियो ।

३९ औँ मिनेटमा स्खोद्रान मुस्ताफीले कर्नरमा हेडर गोल गद दुई शुन्यको अग्रता दिलाए । आर्सनलले ६० औं मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि साक्रेतिसले गोल गरे ।

त्यसपछि बाटेले खेलमा फर्कन मौका पाए पनि सफल हुन भने सकेन र आर्सनल विजयी भयो ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु