गृहपृष्ठ महिला साफ च्याम्पियनसिपमा पाकिस्तानले नखेल्ने
महिला साफ च्याम्पियनसिपमा पाकिस्तानले नखेल्ने
पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तान सहभागी नहुने भएको छ । यही फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा हुन लागेको उक्त प्रतियोगितामा पाकिस्तानले सहभागीता नजनाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
समूह ए मा रहेको पाकिस्तानले सहभागीता नजनाउने भएपछि प्रतियोगिताको खेल तालिका पनि परिवर्तन भएको छ । खेल तालिका परिवर्तन भएसँगै समूह ए मा अब नेपाल, भुटान र बंगलादेश मात्र हुनेछन् ।
प्रतियोगीताको उद्घाटन खेल फागुन २८ मा नेपाल र भुटानबीच हुनेछ ।
प्रकाशित समय १८:३० बजे

















