गृहपृष्ठ १३ औं साग : स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार पुरस्कार

१३ औं साग : स्वर्ण जित्ने टेनिस खेलाडीलाई ५० हजार पुरस्कार

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) सहभागी हुने नेपाली लन टेनिस खेलाडीलाई काठमाडौं जिल्ला टेनिस संघले नगद पुरस्कार घोषणा गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय महासचिव समेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन् ।

मुलले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कांस्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए । टेनिसमा समान ६–६ पुरुष/महिला खेलाडी सहभागी हुँदै छन् ।

प्रकाशित समय ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु