गृहपृष्ठ साग भलिबलमा पराजितपछि कप्तान रानामगरको यस्तो प्रतिक्रिया

साग भलिबलमा पराजितपछि कप्तान रानामगरको यस्तो प्रतिक्रिया

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भलिबलअन्तर्गत पुरुषतर्फको स्पर्धामा नेपाल बंगलादेशसँग पराजित भएपछि सर्भिसमा बढी गल्ती भएको कप्तान इम रानामगरले प्रतिक्रिया दिएका छन् ।

अब सेमिफाइनल पुग्न भारतलाई हराउँनै पर्ने बाध्यता रहेको छ । तर, कप्तान ईमले पहिलो खेलमा पराजित भएपनि दोस्रो खेलमा भारतविरुद्ध उत्कृष्ट खेल्ने लक्ष्य रहेको बताए ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा बंगलादेशले घरेलु टिमलाई ३–२ ले पराजित गरेको हो ।

हरेक सेटमा सुरुवाती अंक प्राप्त गर्न सफल बंगलादेश सुरुवाती ३ सेटमा २–१ ले पछि परेको अवस्थाबाट कमब्याक गर्दै ३–२ ले जित हासिल गर्न सफल भएको हो । पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२१ ले जित निकालेको नेपालले अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको सुरुवात गर्न वाध्य भयो ।

दोस्रो सेटमा ५ वटा सर्भिस बिगार्दै बंगलादेशलाई अंक दिएको नेपाल २५–२३ ले पराजित भएको थियो । उच्च मनोबलसहित तेस्रो सेट खेलेको नेपालले २५–१९ को सहज जित हासिल गरेको थियो ।

निकै प्रतिस्पर्धात्मक रहेको चौथो सेटमा पछि परेको अवस्थाबाट कमब्याक गर्दै नेपालले जितको सम्भावना देखाए पनि अन्त्यमा २६–२४ ले बंगलादेशलाई जित सुम्पिएको थियो । बंगलादेशले जितेसँगै खेल २–२ को बराबरीमा आएको थियो ।

पाँचौं तथा अन्तिम सेटमा भने नेपालले तेस्रो र चौथो सेटमा जस्तो प्रदर्शन गर्न सकेन । सुरुबाटै फराकिलो अग्रता लिन सफल भएपछि बंगलादेशले उच्च मनोबलका साथ जिततर्फ अग्रसर भयो ।

अन्तिम सेटको अन्त्यतिर भने उत्कृष्ट ब्लकिङ गर्दै नेपालले खेलमा फर्किने सम्भावना देखाएको थियो । तर, बंगलादेशले पुनः आफ्नो लयमा फर्किदै १५–१२ को जित दर्ता गर्न सफल भयो ।

प्रकाशित समय ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु