गृहपृष्ठ आज क्रिकेट, फुटबललगायतका १८ खेल हुँदै

आज क्रिकेट, फुटबललगायतका १८ खेल हुँदै

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सातौँ दिन अर्थात् (शनिबार) १८ वटा खेलहरु हुँदै छन् ।

विभिन्न स्थानमा विभिन्न खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र जनकपुरमा आज एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन, फेन्सिङ र एथ्लेटिक्सअन्तर्गत म्याराथन खेल हुँदै छन् ।

आज क्रिकेटमा नेपाल र बंगालदेशको यु–२३ टिमबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भइरहेको छ । त्यस्तै दिउँसो एक बजे त्रिपुरेश्वरस्थित रङ्गशालामा नेपाल र माल्दिभ्सबीच फुटबल खेल हुँदै छ ।

प्रकाशित समय ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु