गृहपृष्ठ किरण बोगटीले जिते म्याराथनमा स्वर्ण पदक

किरण बोगटीले जिते म्याराथनमा स्वर्ण पदक

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले म्याराथनमा पनि स्वर्ण पदक जितेको छ ।

शनिबार एथ्लेटिक्सतर्फको पुरुष म्याराथन दौडमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।

उनले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् । नेपालले ३२ वर्षपछि म्याराथनमा स्वर्ण पदक जितेको हो ।

नेपालको जारी सागमा स्वर्ण पदकको संख्या ४२ पुगेको छ ।

प्रकाशित समय १०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु