गृहपृष्ठ पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल ४४ रनले पराजित

पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल ४४ रनले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको छ ।

शनिबार कीर्तिपुरस्थित टियू मैदानमा बंगलादेशसँग पराजित भएपछि नेपालको स्वर्ण जित्ने अवसर गुमेको हो ।

बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४३ रन र दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाएका हुन् ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु