गृहपृष्ठ आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान
आर्चरीका पदक विजेता खेलाडीलाई सम्मान
गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले साग गेममा सयमै खेल सामाग्री उपलब्ध नहुँदा सोचे अनुसारको नतिजा प्राप्त गर्न नसकेको बताएका छन् ।
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मान कार्यक्रममा बोल्दै उनले समयमै आवश्यक सामाग्री उपलब्ध नभएको बताए ।
उनले खेल्न भन्दा एकदिन अगाडि मात्रै सामाग्री आउँदा समस्या भएको बताए । ‘केही हप्ता अगाडि आएको भए खेलाडीले राम्रो नतिजा निकाल्थे । समयमै सामाग्री नआउँदा सोचे जस्तो भएन,’ उनले भने, ‘अगामी दिनमा कमी कमजोरीलाई सच्याउदै अगाडि बढ्नु पर्छ ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले आर्चरीले सोचे जस्तो पदक जित्न नसकेको बताए । अन्य खेलमा भन्दा आर्चरीबाट स्वर्ण पदकको अपेक्षा गरिए पनि त्यस्तो नभएको बताए ।
कार्यक्रममा कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष वसन्त गौचनले समयमै खेल सामाग्री नआएका कारण खेलाडीले सोचे अनुरुप सफलता प्राप्त नगरेको बताए ।
अन्नपूर्ण आर्चरी क्लब र कास्की जिल्ला आर्चरी संघको आयोजनामा कम्पाउण्ड मिक्स टिम इभेण्टमा कास्य पदक जित्ने योगेन्द्र शेचरन, मोनिका रानामगर र रश्मी दर्लामी मगरलाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्ट, राखेप सदस्य राजेश गुरुङ, आर्चरी संघका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीलगायतले खादा लगाएर सम्मान गरे ।
दक्षिण एसियाली खेलकुदमा नेपालले आर्चरीबाट एक कास्य पदक र एक रजत पदक जितेको थियो । कार्यक्रम अन्नपूर्ण आर्चरी संघका अध्यक्ष किशोरकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।
प्रकाशित समय ०७:३५ बजे

















