गृहपृष्ठ कर्णाली प्रिमियर लिग वैशाख १२ देखि २१ सम्म

कर्णाली प्रिमियर लिग वैशाख १२ देखि २१ सम्म

karnali-premier-league-newskarobar

कर्णाली प्रिमियर लिग (केपिएल) को दोस्रो संस्करण वैशाखमा सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली क्रिकेट एकेडेमीले आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता २०७६ वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

कर्णालीको राजधानी वीरेन्द्रनगर रंगशालामा हुने प्रतियोगितामा विभिन्न पाँच टिम र तीन विभागीय टोलीले सहभागिता जनाउने छन् । प्रतियोगितामा आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको उत्कृष्ट दुई टिमले सेमिफाइनलमा स्थान बनाउने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिएका छन् ।

प्रतियोगितामा राष्ट्रियस्तरका ख्यातिप्राप्त खेलाडीको सहभागिता रहनेछ भने प्रत्येक टिममा दुई जना विदेशी खेलाडीको पनि सहभागी गराउन सकिने आयोजकले जनाएको छ । ६० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको पुस्कार राशि भने घोषणा गरिएको छैन । गत वर्षको पहिलो प्रतियोगितामा विजेतालाई तीन लाख उपलब्ध गराइएको थियो । यो वर्ष पुरस्कारको राशि केही बढ्ने अध्यक्ष शाहीले बताए ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु