गृहपृष्ठ लिभरपुललाई धक्का, एभर्टनसँग बराबरीमा रोकियो

लिभरपुललाई धक्का, एभर्टनसँग बराबरीमा रोकियो

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष पुग्नबाट बन्चित भएको छ । गएराति एभर्टनसँग बराबरी खेल्दै अंक लिभरपुलले अंक बाँडेको हो ।

लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । कमजोर मानिएको एभर्टनले उत्कृष्ट प्रदर्शन गर्यो । पहिलो हाफमा गोल गर्न पाएको अवसर सदुपयोग गर्न नसक्दा लिभरपुलले खेल बराबरीमा टुंग्याउन बाध्य भएको हो । लिभरपुलको २९ खेलबाट ७० अंक छ । शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान खेलबाट ७१ अंक छ ।

लिगको तेस्रो स्थानमा रहेको टोटनहृयामको २९ खेलबाट ६१ अंक र चौथो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ५८ अंक छ ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु