गृहपृष्ठ बिजेपी अध्यक्ष अमित साह भन्छन्- बालाकोटमा २५० आतंककारी मारिए
बिजेपी अध्यक्ष अमित साह भन्छन्- बालाकोटमा २५० आतंककारी मारिए
कांग्रेसको प्रश्न- अमित साहलाई कसले संख्या बतायो ?
सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साह तथा केन्द्रीय मन्त्री एसएस अहलुवालियाको ‘कथित टिप्पणी’ तथा वायुसेना प्रमुख बिएस धनोआको भनाइलाई लिएर कांग्रेसले मोदी सरकारको आलोचना गरेको छ । भाजपा अध्यक्ष साहलाई बालाकोटमा वायुसेनाले गरेको कारबाहीमा मारिनेहरूको संख्या कसले बताएको हो त्यो भन्नुपर्ने कांग्रेसको भनाइ छ ।
प्रधानमन्त्रीले मुलुकलाई यो प्रकरणको सत्यता बताउनु आवश्यक रहेको कांग्रेसको भनाइ छ ।
कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले ट्वीट गर्दै भनेका छन्, ‘मोदी जी तपाइको केन्द्रीय मन्त्री टिभी च्यानललाई बालकोट हवाइ हमलामा ३०० आतंकवादी मारिएको पुष्टि प्रधानमन्त्रीले कहीले नगरेको भनेर भन्दैछन्, के यो सत्य हो ? यदि होइन भने देशलाई सत्य बताउनुस् ।’
मोदी जी,
आपके केंद्रीय मंत्री TV चैनल की ख़बरों को झूठला रहे हैं, यह कह कर की बालाकोट हवाई हमले में 300 उग्रवादियों के मारे जाने की पुष्टि PM ने कभी नहीं की।
क्या यह सच है?
अगर नहीं तो PM देश को सच बताएँ।सादर,
देश के नागरिक। pic.twitter.com/Zc3J6B96OI— Randeep Singh Surjewala (@rssurjewala) March 4, 2019
बालाकोटमा २५० आतंकवादी मारिएको भन्ने साहको भनाई लिएर कांग्रेस प्रवक्ता मनिष तिवारीले भने, ‘वायुसेना प्रमुख एयर चिफ मार्सल बिएस धनोआले बालकोट हवाई हमलामा कति मारिए ? त्यो संख्या वायु सेनाले गन्न सक्दैन भनेका छन् । तर, अमित साह २५० आतंकवादी मारिए भन्छन् । भाजपा अध्यक्षलाई यो संख्या कहाँबाट मिल्यो ? उनले स्पष्ट पार्नुपर्छ ।’
Air Chief Marshal Dhanoa says IAF can not count the number of people dead in the Balakot airstrike but @AmitShah says 250 terrorists were killed ? Where did the BJP President get these numbers from he must explain ? https://t.co/U6QWErqycE
— Manish Tewari (@ManishTewari) March 4, 2019
वायुसेना प्रमुखले सोमबार संवाददाताहरूसँग मारिनेहरूको संख्या लक्षित ठेगानामा रहेका मानिसहरूको संख्यामा निर्भर रहने र वायुसेनाले मारिनेहरूको गणना नगर्ने बताएका थिए ।
वायुसेना प्रमुख बीएस धनोआले वायुसेना मारिनेहरूको गणना नगर्ने र बालाकोट आतंकी शिविरमा भएको हवाइ हमलामा हताहत हुनेको संख्याको जानकारी केन्द्र सरकराले दिने बताएका थिए ।
के भनेका थिए अमित साहले ?
इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार गुजरातस्थित अहमदावादको एक कार्यक्रममा भाजपा अध्यक्ष अमित साहले भनेका थिए, ‘उरी हमलापछि सेनाले एक सर्जिकल स्ट्राइक गरेको थियो । पुलवामा हमलापछि मानिसहरूले उचाईका कारण त्यहाँ सर्जिकल स्ट्राइक हुन नसक्ने बताएका थिए । तर घटनाको १३ औं दिन नरेन्द्र मोदी सरकारले एयरस्ट्राइक गर्यो । बिना कुनै क्षती २५० भन्दा बढी आतंकवादी मारिए ।’
#SurgicalStrike2 में मारे गए आतंकियों पर @BJP4India के अध्यक्ष @AmitShah का बयान।
पहली बार आतंकियों को निशाना बनाने का आंकड़ा सार्वजनिक मंच से कहा गया।
शाह ने कहा,मोदी सरकार ने 13वी के दिन एयर स्ट्राइक करके 250 से ज्यादा आतंकियों का सफाया किया वो भी एक भी कैज्युआलीटी के बिना। pic.twitter.com/DsPBIv9H9S
— Janak Dave (@dave_janak) March 3, 2019
अमित साहले भने, ‘जब विंङ कमान्डर अभिनन्दन वर्तमान पक्राउ परे, विपक्षीहरू सरकारको आलोचनामा उत्रिए । तर नरेन्द्र मोदी सरकारको प्रभावका कारण विश्वमै पहिलोपटक यति छोटो समयमा युद्धबन्दीलाई रिहा गरियो । अभिनन्दनलाई ४८ घण्टाभित्र रिहा गरियो ।’
रिपोर्ट अनुसार सुरतमा भएको एक अर्को कार्यक्रममा साहले भने, ‘ममता बेनर्जीले एयर स्ट्राइकको प्रमाण मागिन्, राहुल गान्धीले यो प्रकरणमा राजनीतिकरण भएको बताए, अखिलेस यादवले यसको जाँच हुनुपर्ने बताए । मैले भन्नुपरेको छ कि तपाइहरूलाई सरम लाग्नुपर्ने । तपाईहरूको भनाइले पाकिस्तानलाई हास्ने मौका मिल्यो । यदि तपाईहरू मोदी तथा सेनाको समर्थन गर्न सक्नुहुन्न भने कम्तिमा चुप रहन सिक्नुस् ।’
अमित साहले यसो भन्नुभन्दा पहिले केन्द्रीय मन्त्री एसएस हुलुवालियाले भनेका थिए, ‘घटनापश्चात मोदी जिले भन्नुभयो कि ३०० को मृत्यु भयो । के भाजपाका कोही प्रवक्ताले यस्तो भने । या अमित साह यस्तो बोले ?’
Minister of State in Modi’s cabinet, SS Ahluwalia is saying @narendramodi or @AmitShah never claimed that our #AirStrikes killed 300+ Terrorists & we didnt want any “Human Casualties”. Is the Govt now backtracking from its claims that they took out a Terrorist Camp in Pakistan? pic.twitter.com/nstgsWF6sZ
— CPI (M) (@cpimspeak) March 2, 2019
द हिन्दूको रिपोर्ट अनुसार उनले भने, ‘हामीले ठूलो क्षति पुर्याउने मनासाय राखेका थिएनौं र त्यहा ठूलो क्षति भएन । र, हामीले यति मात्र सन्देश दिन चाहेका थियौं कि हामी क्षति पुर्याउनमा सक्षम छौं । हामी जनधनको क्षति चाहँदैनौं ।’
यो घटनासँग सम्बन्धित अहलुवालियाको बंगाली भाषाको एक भिडियो भाइरल भएको छ । सिपिआईएम तथा कांग्रेसका नेताले यो भिडियोलाई सोसल मिडियामा सेयर गरेका छन् ।
वायुसेनासँग विश्वास छ, तर मारिनेहरूको संख्या कसले बतायो ? – चिदम्बरम
उता कांग्रेसका वरिष्ठ नेता पि. चिदम्बरमले सोमबार भने, ‘एक गौरवान्वित नागरिकका रूपमा वायुसेनाद्वारा बालाकोटस्थित आतंकवादी शिविरमा भएको कारबाहीमा पूरा विश्वास छ । तर, त्यहाँ ३००-३५० को मृत्यु भएको यो संख्या कसले बतायो ?’
भारतीय वायुसेना को उनकी शानदार उपलब्धि के लिए सलाम करने वाले सबसे पहले व्यक्ति कांग्रेस अध्यक्ष राहुल गांधी थे। मोदी जी ये क्यों भूल गये?
— P. Chidambaram (@PChidambaram_IN) March 4, 2019
उनले दुनियाले वायुसेनाको यो अभियानको विश्वास गरोस् भन्ने पक्षमा सरकारले प्रयास गर्नु आवश्यक रहेको बताए ।
चिदम्बरमले ट्वीटमा भनेका छन्, ‘वायुसेनाको कारबाहीपश्चात कांग्रेस अध्यक्ष राहुल गान्धीले सबैभन्दा पहिले वायुसेनालाई सलाम गरेका छन् । मोदी जी के यो विर्सनुभयो ?’
उनले भनेका छन्, ‘वायुसेना प्रमुखले कारबाहीमा मारिनेहरूको संख्याका बारेमा टिप्पणी गर्न इन्कार गरेका छन् । विदेश मन्त्रालयले आफ्नो बयानमा सर्वसाधारण र सैनिक हताहत भएको छैन । फेरि मारिनेहरूको संख्या ३००-३५० कसले बतायो ?’
चिदम्बरमले यो पनि भनेका छन्, ‘एक गौरवान्वित नागरिकका रूपमा मलाई सरकारप्रति पूरा विश्वास छ । तर, यदि दुनिया यसमा विश्वास गरोस् भन्ने चाहान्छौं भने विपक्षीप्रति कटाक्ष गर्नुको साटो यतातर्फ सरकारले प्रयास गर्नुपर्दछ ।’
कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले, ‘अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बालाकोटमा वायुसेनाको कारबाहीमा एक जना पनि आतंकवादी मारिएका छैनन् । के अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पाकिस्तानका समर्थक हुन् ? जब अन्तर्राष्ट्रिय मिडिया पाकिस्तानविरूद्ध बोल्छन् तब तपाई गौरवान्वित महसुस गर्नुहुन्छ तर जब उनीहरू तपाईसँग प्रश्न गर्छन् त के उनीहरू पाकिस्तानका सहयोगी बनिहाल्छन् ?’
-दि वायरबाट
प्रकाशित समय १८:४१ बजे

















