गृहपृष्ठ प्रचण्ड भन्छन्- विप्लवका गतिविधि गम्भीर, हतियारको जिम्मा लिँदैनौं

प्रचण्ड भन्छन्- विप्लवका गतिविधि गम्भीर, हतियारको जिम्मा लिँदैनौं

prachanda_newskarobar

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको पनि उनले बताए ।

प्रचण्डले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीररूपले सोच्ने आशा व्यक्त गरे । ‘विप्लवबाट उत्पन्न समस्या राजनीतिक र प्रशासनिक दुवै विधिबाट समाधान खोजिन्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा माओवादीले सबै हतियार क्यान्टोन्मेन्टमा राखिसकेकाले त्यहाँ भन्दा बाहिरका हतियारको जिम्मा आफूले नलिने पनि प्रष्ट पारे । विप्लव नेतृत्को नेकपाका कार्यकर्ताको साथबाट सशस्त्र संघर्षका समयमा नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् ।

एक साताअघि मात्र नेपाली सेनाले मात्रै प्रयोग गर्ने एम १६ र एलएमजी राइफल प्रहरीले धरानको पानमाराबाट बरामद गरेको थियो ।

प्रकाशित समय २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु