गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी चैत ४ गते बस्ने भएको छ ।
पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।
प्रकाशित समय १५:१२ बजे

















