गृहपृष्ठ सिके राउतसँग भएको सहमति प्रष्ट्याउनुपर्यो : कांग्रेस प्रवक्ता शर्मा
सिके राउतसँग भएको सहमति प्रष्ट्याउनुपर्यो : कांग्रेस प्रवक्ता शर्मा
फाइल तस्बिर
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. सिके राउतसँग सरकारले गरेको सहमति प्रष्ट्याउनुपर्ने बताएका छन् । शुक्रबार सरकारले डा. राउतसँग ११ बुँदे सहमति गरेको थियो । सोही सहमतिका सम्बन्धमा टिप्पणी गर्दै कांग्रेस प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।
`जनमत संग्रह´ होइन भने सरकारले `होइन´ भन्नुपर्यो,हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्यो,’ प्रवक्ता शर्माले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘देशको कुनै भूगोलमा जनमतसंग्रह के मुद्दामा,कस्तो छनौटमा,कसरी,कहिले र किन ?’
उनले सरकार र सिके राउतबीच भएको सम्झौताको व्याख्याको विवाद सरकारले तत्कालै हल गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकार-सिके सम्झौतामा उल्लेखित ´जन अभिमतमा आधारित लोकतान्त्रिक विधि´ को ब्याख्याको विवाद हल सरकारले तत्काल गरोस् !’ शर्माले ट्वीट गर्दै भनेका छन् ।

प्रकाशित समय १९:५६ बजे

















