गृहपृष्ठ पूर्वमन्त्री थापाले भने- सिके राउतसँग सरकारले गरेको सम्झौता गम्भीर गल्ती

पूर्वमन्त्री थापाले भने- सिके राउतसँग सरकारले गरेको सम्झौता गम्भीर गल्ती

mantri_thapa

पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निरञ्जन थापाले सरकारले सिके राउतसँग गरेको सहमति मुलुकको ‘स्वतन्त्रतामा गम्भीर आघात’ भएको टिप्पणी गरेका छन् । उनले नेपालमा कहिल्यै पनि स्वतनत्र मधेसको परिकल्पना नै नगरिएको परिप्रेक्ष्यमा सरकारले गरेको सम्झौता गम्भीर गल्ती भएको बताएका हुन् ।

राप्रपाद्वारा बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले गलत ढंगले सम्झौता गरेको बताए ।

पूर्व राजदुत समेत रहेका थापाले भने, ‘सहमति हुनु त राम्रै हो तर स्वतन्त्र मधेश र जनमत संग्रहको कुराले देश बिखण्डन हुनसक्छ ।’ नेपाल हिन्दूराष्ट्र बन्ने भन्दै उनले आफुहरुले फागुन १५ गते ताप्लेजुङबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा नेपाली जनताले हिन्दूराष्ट्र चाहेको प्रष्ट पारेको दावी गरे ।

नेपाली जनताको चाहना विपरित नेपाल धर्म निरपेक्ष बनाइएको भन्दै उनले अब नेपालमा हिन्दूराज्य पुनःस्थापना भइछाड्ने उनको दावी थियो ।

प्रकाशित समय १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु