गृहपृष्ठ राउतसँगको सहमतिमा भट्टराईको टिप्पणी- बरफ भनेपछि चिसो तातो भनिरहनु पर्छ र ?
राउतसँगको सहमतिमा भट्टराईको टिप्पणी- बरफ भनेपछि चिसो तातो भनिरहनु पर्छ र ?
फाइल तस्बिर
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले डा. सिके राउतसँग भएको सहमतिमा प्रयुक्त ‘जनअभिमत’ शब्दलाई सरकारले प्रष्ट्याउनुपर्ने बताएका छन् । सरकारसँग सहमतिपश्चात राउतका गतिविधिले प्रशस्त शंका गर्ने ठाउँ दिएको भन्दै उनले उक्त शब्दलाई सरकारले प्रष्ट्याउनुपर्ने उल्लेख गरे ।
सोमबार सप्तरीको राजविराजमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले लोकतन्त्र भनिसकेपछि जनअभिमतमा आधारित भनिरहन नपर्ने उल्लेख गरे । ‘लोकतन्त्र भनिसकेपछि जनअभिमतमा आधारित भन्नै पर्दैन,’ उनले भने, ‘बरफलाई चिसो र तातो भनेर हुन्छ ? लोकतन्त्र पनि जनमतमै आधारितै कुरा हो ।’
शुक्रबार भएको सहमतिको सरकार र राउतले फरक फरक व्याख्या गरेको भन्दै उनले त्यसले द्वन्द्वको अवस्था सिर्जना गरेको बताए ।
प्रकाशित समय १६:३३ बजे

















